कोसी टापुमा हात्ती आतंकका कारण आन्तरिक पर्यटक निषेध !

१३ पुस, काठमाडौं । पूर्वाञ्चलको प्रसिद्ध पर्यटक क्षेत्रका रुपमा रहेको कोसी टापु वन्यजन्तु आरक्षमा आन्तरिक पर्यटक  आगमनमा निषेध गरिएको छ ।

आरक्षको जङ्गल क्षेत्रबाट दैनिक जङ्गली हात्ती आएर बितन्डा मच्चाउने र आतङ्क गरेका कारण अवलोकन गर्न आउने पर्यटकमा मानवीय खतरा बढेकाले आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको आरक्ष कार्यालयले जनाएको छ ।

 आन्तरिक पर्यटकले अवलोकन गर्ने बेलामा पथ प्रदर्शक सहयोग नलिने गरेको र जङ्गल क्षेत्रको अवलोकन कसरी गर्ने विषयमा ज्ञानको अभाव भएकाले आरक्षमा आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको आरक्षका संरक्षण अधिकृत श्यामप्रसाद साहले बताए।

विदेशी मुलुकबाट आरक्षको चरा तथा अर्ना हेर्नका लागि आउने पर्यटकलाई पथ प्रदर्शक र सावधानी अपनाएर आरक्ष अवलोकनको वातावरण मिलाउने साहले बताए ।

 

तपाइको मत