अफगानिस्तानमा नेपालीहरु चढेको बसमा आत्मघाती आक्रमण, १२ नेपाली मृत्यु भएको पुष्टि

६ असार, काठमाडौं ।

तस्बिर : अलजजिरा

तस्बिर : अलजजिरा

अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा काबुलस्थित क्यानेडियन दूताबासको सुरक्षार्थ खटिएको नेपालीहरु चढेको बसमा सवार मध्ये घटनामा १२ नेपालीको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ ।

आत्मघाती आक्रमणमा मारिएका मध्ये १२ नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर १२ नेपालीको मृत्यु भएको पुष्टि गर्दै प्रवक्ता भरतराज पौडेलले मृत्यु भएकामध्ये दुई जना नेपाली हुन् वा अन्य देशका भन्ने बारेमा यकिन हुन बाँकी रहेको बताए ।

अफगानिस्तानमा पहिलो पटक नेपालीहरुलाई लक्षित गरेर भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेमा काठमाडौंका चन्द्रबहादुर राना मगर, हरिबहादुर बडवाल क्षेत्री र विदुरबहादुर सुवेदी क्षेत्री रहेका छन् ।

यसैगरी नुवाकोटका डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला र लिलबहादुर गुरुङको मृत्यु भएको छ भने सुनसरीका अकुर तामाङ, लमजुङका अमृतबहादुर थापा, स्याङ्जाका  सुकबहादुर गुरुङ, पर्वतका नवीनसिंह क्षेत्री, चितवनका कृष्णबहादुर ढुंगाना, बुटवलका जितेन्द्रसिंह थापाको आत्मघाती आक्रमणमा मृत्यु भएको पुष्टि भइसकेको छ ।

परराष्ट्रमन्त्री कमल थापाले संसद बैठकमा १४ नेपालीको मृत्यु भएको जानकारी गराएका थिए ।

FB_IMG_1466431279929-1 (1)

तपाइको मत