क्रान्तिकारी माओवादीभित्र को कसको पक्षमा ?

kiran -  Badal१९ चैत, काठमाडौं । क्रान्तिकारी माओवादीभित्र एमाओवादीसँग पार्टी एकताका विषयमा छलफल भइरहेको छ । छलफलमा अध्यक्ष मोहन वैद्य ‘किरण’को पक्षमा सिपी गजुरेल, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, दिनेश शर्मा, परी थापासहित सिताराम तामाङ, रामसिंह श्रीष, दाताराज वाग्ले लगायत देखिएका छन् ।
यसैगरी  प्रवक्ता पम्फा भुसाल, कुलप्रसाद केसी सोनाम, हितमान शाक्य, युवा अध्यक्ष नेपबहादुर कुँवर, मजदुर अध्यक्ष सोनालाल साह, विद्यार्थी अध्यक्ष रत्न ढकाल, लेखनाथ न्यौपाने लगायत बादलको समर्थन गर्दै एमाओवादीसँग पार्टी एकता गर्नुपर्ने पक्षमा रहेका छन् ।

सचिव देव गुरुङ र नेता नारायण शर्माले भने कसैको पक्ष नलिए पनि गुरुङ पत्नी यशोदा शर्माले बादललाई समर्थन गरेकी छन् । बादललाई समर्थन गर्दै कुलप्रसाद केसी ‘सोनाम’ले १३ बुँदे र लेखनाथ न्यौपानेले ६ पेज लामो छुट्टा-छुट्टै प्रस्ताव पेश गरेका छन् ।

तपाइको मत