क्रान्ति गर्न कठिन भएजस्तै सुखसयल गर्नेहरुको पनि भविष्य राम्रो छैन् – किरण

७ असार, काठमाडौं ।

Kiran

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले सोमबारदेखि काठमाडौमा सुरु भएको राष्ट्रिय भेलाको उदघाटनका क्रममा क्रान्ति गर्न कठिन भएजस्तै सुखसयल गर्नेहरुको पनि भविष्य राम्रो नरहेको बताएका छन् ।

अध्यक्ष किरणले भेलालाई सम्बोधन गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र जनजीविकाका समस्या समाधान गर्न नयाँ जनवादी क्रान्ति आवश्यक रहेको बताउँदै तयारी गरेर बन्दुक उठाउने उदघोष गरेका छन् ।

क्रान्तिको बाटो लामो र कठिन रहेको भन्दै बन्दुक बोक्नका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिदै अध्यक्ष किरणले नेकपा (माओवादी केन्द्र)मा गएका रामबहादुर थापाको समूहप्रति लक्षित गर्दै क्रान्ति गर्न कठिन भएजस्तै सुखसयल गर्नेहरुको पनि भविष्य राम्रो नरहेको बताएका हुन् । ।

तपाइको मत