क्रिसमस भव्यताका साथ मनाइयो

3

१० पुस, काठमाडौं । आज २५ डिसेम्बर क्रिसमस भव्यताका साथ मनाइएको छ ।

आइतबार राजधानीमा क्रिसमसको अवसरमा क्रिश्चियनहरु मात्रै नभएर गैरक्रिश्चियनहरु पनि रमेका छन् । क्रिसमस मनाउनेहरुको उल्लेख्य उपस्थितिलाई हेर्दा नेपालीहरुको जीवनशैलीमा ‘क्रिश्चियानिटी’को प्रभाव समेत बढ्दै गएको देखिन्छ ।

1

सपिङ मलमा आयोजित सांगीतिक कार्यक्रमले शहरमा ‘क्रिसमस कल्चर’ भित्रिएको यी तस्वीरहरुले राम्रैसँग संकेत गरेको छ । विशेषगरी हिन्दु समुदायका युवा, युवतीहरुहरु मनोरजनका लागि मल र सपिङ सेन्टरहरुमा पुगेको भेटिएका छन् ।

4

यस वर्ष क्रिसमसमा युवायुवती चोक-चोकदेखि सपिङ मलहरुमा आयोजित कार्यक्रमहरुमा खुलेर भाग लिए । सामाजिक सञ्जालमा समेत क्रिसमसको शुभकामना दिनेहरु उल्लेख्य रहेका छन् ।

गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी क्रिसमसको अवसरमा आइतबार बिदा दिने निर्णय गरेको थियो ।

तपाइको मत