२० माघ ०७६, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।
निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको हो ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले दिएको जानकारीअनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य भने लिटरमा एक रुपैयाँ घटाएको छ ।
अब काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३२५ रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ साथै डिजल र मट्टितेलको मूल्य ९९ रुपैयाँ निर्धारण गरिएको छ ।