गएको चौबीस घण्टामा ४ महिलासहित १४ जना कोरोना संक्रमितको निधन

१९ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कोरोना संक्रमित एक हजार ३५९ पुष्टि भएको र योसँगै कूल संक्रमित संख्या ४४ हजार २३६ पुगको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यस्तो जानकारी दिँदै हाल नेपालमा सक्रिय कोरोना संक्रमित संख्या १८ हजार ४०४ रहेको बताए ।

४ जना महिला र १० पुरुष गरी १४ जना कोरोना संक्रमितको निधन
प्रवक्ता गौतमले गएको चौबीस घण्टामा ४ जना महिला र १० पुरुष गरी १४ जना कोरोना संक्रमितको निधन भएको बताए ।

उनले मृत्यु हुने कोरोना संक्रमितहरुमा ३ जना काठमाडौंको रहेको र जसमध्ये २२, ६७ र ८२ वर्षीया महिला रहेको बताए । यस्तै चितवनको ३५ वर्षीया महिला रहेको बताए ।

यसैगरी सप्तरीको दुई जना ५५/५५ वर्षीय पुरुष, धनुषाको ६५ वर्षीय पुरुष, कास्कीको ३१ वर्षीय पुरुष, नवलपरासीको ३७ वर्षीय पुरुष, प्युठानको ५८ वर्षीय पुरुष, रुपन्देहीको ७८ वर्षीय पुरुष, पाल्पाको ६३ वर्षीय पुरुष, सुर्खेतको ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए ।

योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २७१ पुगेको छ ।