गएको चौबीस घण्टामा ९७९ जनामा कोरोना पुष्टि, थप ११ जना संक्रमितको निधन

२२ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा ९७९ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

यस्तै उनले हाल आइसोलेसनमा १६ हजार २५९ जना र क्वारेन्टाइनमा ४ हजार ७३९ जना रहेको बताए ।

प्रवक्ता गौतमले कोरोना संक्रमणबाट निको हुनेको कूल संख्या ३० हजार ६७७ पुगेको जानकारी दिए ।

यस्तै उनले ११ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या तीन सय पुगेको छ ।

प्रवक्ता गौतमले आईसीयुमा १७१ जना रहेको साथै त्यसमध्ये भेन्टीलेटरमा २० जनाको उपचार भइरहेको जानकारी दिए ।