२५ बैशाख ०७४, काठमाडौं । अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टी सरकारमा सहभागी हुने भएको छ ।
फोरम अध्यक्ष गच्छदार आफैँले उपप्रधानमन्त्री भई स्थानीय विकास मन्त्रालय सम्हाले छन् ।
फोरमले आजै दुई मन्त्री पनि पठाएको छ । फोरमबाट जितेन्द्र देव र गोपाल दहित मन्त्री हुने भएका छन् ।
देवले पर्यटन र दहितले भूमिसुधार मन्त्रालय सम्हाले छन् ।













