१४ बैशाख ०७९, काठमाडौं । सत्तारुढ गठबन्धनले नेकपा एमालेसँग कहीँ चुनावी तालमेल भए खारेज गर्ने निर्णय गरेका छन् ।
गठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय गरेको हो ।
तर एकाध ठाउँमा कांग्रेस र एमालेबीच तालमेल भएको छ भने एकीकृत समाजवादीले समेत एमालेसँग तालमेल गरेको पाइएको नेताहरुले बताएका छन् ।













