११ असार, काठमाडौं । गण्डकी प्रदेशमा कोभिड–१९ संक्रमित थप एक जनाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् स्याङ्जाको सिरुबारीका ५५ वर्षीय पुरुषको गएराति निधन भएको प्रतिष्ठानले जानकारी दिएको हो ।
प्रतिष्ठानले गम्भीर निमोनिया तथा मधुमेह भई भेन्टिलेटरमा राखी उपचार गरिएकोमा गए राती ११ः ३५ बजे कोरोना संक्रमित ती पुरुषको निधन भएको विज्ञप्तिमा जनाइएको छ ।
यससँगै गण्डकीमा मृत्यु हुने कोरोना संक्रमित संख्या दुई पुगेको छ । यसअघि वालिङका ५८ वर्षीय पुरुषको निधन भएको थियो ।
यस्तै गण्डकी प्रदेशको पछिल्लो अद्यावधिक विवरणअनुसार कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहीबार बिहान थप ११ जना कोरोना संक्रमणको पुष्टि भएको विज्ञप्ति जारी गर्दै संक्रमितको संख्या ७ सय ५३ पुगेको जनाएको हो ।