गण्डकीमा १७ जना कोरोना संक्रमित थपिए, कूल संक्रमित संख्या ७५

२४ जेठ ०७७, कास्की । गण्डकी प्रदेशमा शनिबार १७ जना कोरोना संक्रमित थपिएका छन् । यसँगै प्रदेशमा कोरोना पुष्टि भएको कूल संख्या ७५ पुगेको छ ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका हुन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयकाअनुसार शनिबार स्याङ्जाका १०, कास्कीका ३, नवलपरासीका ३ र बागलुङका १ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्य नवलपरासीको स्वाब भरतपुर अस्पताल चितवनमा परीक्षण गरिदै आएको र अन्य जिल्लाको पोखरामै परीक्षण गरिँदै आएको छ ।

शनिबार पुष्टी भएका सबै संक्रमितहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् । गण्कडीमा हालसम्म संक्रमित ३ जना निको भइसकेका छन् ।