८ असार ०७७, कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ४० पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार बिहान नयाँ संक्रमित २० जना थपिएको पुष्टि गर्दै कूल संक्रमित ५ सय ४० पुगेको जनाएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले स्याङ्जामा १२ जना र नवलपरासीपूर्व ८ जना गरी नयाँ संक्रमित २० जना थपिएको बताएका हुन् ।