गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८८ पुग्यो

८ भदौ ०७७, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८८ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार बिहान दिएको जानकारी अनुसार थप ८ जनाका कोरोना पुष्टि भएसँगै कूल संक्रमित संख्या १ हजार ८८८ पुगेको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा. विनोद विन्दु शर्माले क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा नवलपरासी (ब.सु.पू.) विनयत्रिवेणीका ६ वर्षीया बालिका र २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताएका छन् ।

यस्तै तनहुँको व्यास र शुक्लागण्डकीमा २६ र २८ वर्षीय पुरुषमा, बागलुङमा २०÷२० वर्षीय दुई पुरुषमा, म्याग्दीको बेनीमा २० वर्षीय पुरुष र स्याङ्गजाको पुतलीबजारमा एक ३७ वर्षीय पुरुषमा कोभिड–१९ पुष्टि भएको उनले जानकारी दिएका छन् ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमित मृत्यु ७ जनाको मृत्यु भइसकेको छ भने निको हुनेको संख्या १ हजार ६१२ पुगेको छ ।