१७ भदौ ०७७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणसँगै स्थगित गरिएको अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।
कोरोनाका कारण ०७६ चैत ४ देखि नै बन्द गरिएको अन्तर्राष्ट्रिय उडान बुधबार बिहान १ बजे नेपाल वायु सेवा निगमको जहाजले जापानको नारिता उडान भरेसँगै अन्तर्राष्ट्रिय हवाई यात्रा सुरु भएको हो ।
भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सरकारले निर्णय गरेसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बरसम्मका लागि ५८ वटा नियमित उडानको तालिका बनाएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यसअघि दैनिक पाँच सयभन्दा बढी यात्रु ल्याउन नपाउने सीमालाई बढाएर आठ सयसम्म यात्रु ल्याउने निर्णय गरेको छ ।