गाउँपालिकामा छायाँ सरकारकाे रूपमा काम गर्न सांसद खनालकाे निर्देशन

 

१० असार ०७४, तनहुँ ।  व्यवस्थापिका संसदका सदस्य अाशा खनालले म्याग्दे गाउँपालिकाका नेकपा माअाेवादी केन्द्रका नेता कार्यकर्ताहरूलाई गाउँपालिकामा छायाँ सरकारकाे रूपमा काम गर्न निर्देशन दिएकी छन् ।

गाउँपालिकाकाे बैठकमा बाेल्दै माअाेवादी केन्द्रका अायाेजक कमिटी सदस्य समेत रहेका सांसद खनालले यस गाउँपालिकामा स्थानीय तहकाे निर्वाचनमा पार्टीले हार्नुकाे पछाडि पार्टी एकतापछि भावनात्मक एकता हुन नसकेकाे बताइन । साथै, एमालेले माेर्चा बनाउने क्रममा धाेका दिएको बताइन् ।

तर, सांसद खनालले भनिन, ‘चुनाव हारे पनि निर्वाचन सफल हुनु जनयुद्धको मुद्दा सफल हुनु हाे, हाम्राे पार्टी, राष्ट्र, जनताले जितेकाे छ ।’

म्याग्दे गाउँपालिकाका माअाेवादी केन्द्रका नेता कार्यकर्ताहरूलाई सांसद खनालले प्रदेश र केन्द्रकाे चुनावमा विजयी हुने गरि तयारी गर्न निर्देशन समेत दिइन ।

 

तपाइको मत