गार्ड अफ अनर सम्मान अघि नै प्रधानमन्त्री देउवा र भारतीय सकमक्षी मोदीबीच भेटवार्ता

७ भदौ ०७४,  नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा पुगेका छन् ।

तस्बिर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटरबाट ।

 भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच गार्ड अफ अनर सम्मान अघि बुधबार साँझ नै भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवाको बिहीबार बिहान राष्ट्रपति भवनमा गार्ड अफ अनरको सम्मान लिएपछि मात्र औपचारिक भेटवार्ता सुरु हुनेछ । तर, त्यसअघि नै भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी देउवालाई ‘वार्मअप’ मिटिङको प्रस्ताव गरेपछि दुई प्रधानमन्त्रीबीच बुधबार साँझ  नै भेटवार्ता भएको हो ।

सेभेन रेसकोर्स रोडस्थित मोदी निवासमा मोदी र देउवाबीच करिब २०-२५ मिनेट कुराकानी भएको छ । भेटपछि मोदीले ट्वीटरमार्फत् भनेका छन्, ‘नजिकको मित्र नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा जीलाई स्वागत गर्न पाउँदा निकै खुसी लागेको छ । भोलि थप व्यापक वार्तालाप हुनेछन् ।’

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले दुई प्रधानमन्त्रीबीचको भेटलाई ‘वार्मअप’ भेट भनेका छन् । राजदूत उपाध्यायका अनुसार प्रधानमन्त्री देउवाले दिल्लीस्थित नेपाली दूतावासमा पुगेर प्रवासी नेपालीहरुलाई छोटो सम्बोधन पनि गरे ।

तपाइको मत