गाविस संरचनाहरु भंग : सबै कामहरु गाउँपालिका/नगरपालिकामार्फत हुने

२७ फागुन, काठमाडौं । उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु भंग भएको घोषणा गरेका छन् ।

सरकारले बिगत करीव २५ वर्षदेखि अस्तित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको हो ।

तत्कालीन स्थानीय विकासमन्त्री हितराज पाण्डेले जाँदा जाँदै स्थानीय तहको संरचनामा हस्ताक्षर गरी राजपत्रमा प्रकाशित गराएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाण्डेलाई हटाएर राप्रपाका अध्यक्ष कमल थापालाई सो मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

 

उपप्रधानमन्त्री एवं स्थानीय बिकास मन्त्री थापाले आजदेखि गाउँ विकास समितिका संरचनाहरु भंग भएको र राजपत्रमा ७४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको भन्दै अब गाउँपालिकाहरु अस्थित्वमा आएको बताए ।

उनले सबै कामहरु गाउँपालिकामार्फत हुने बताए ।

देशभरका स्थानीय तहको नाम, सेवा केन्द्र र वडा केन्द्रहरुको पूर्ण विवरणः

तपाइको मत