४ असार ०७६, काठमाडौं । गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेका छन् ।
बुधबार काठमाडौंको माइतीघर मण्डला गुठीयारहरुले आयोजना गरेको विशाल प्रर्दशन कार्यक्रममा समितिका संयोजक डा.महेशमान श्रेष्ठले गुठी संस्कृतिसँग सम्बन्धि भएकाले सोही मन्त्रालय अन्तरगत राख्न सरकारसँग माग गरेका हुन् ।
सभामा बोल्दै संयोजक श्रेष्ठले गुठीलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत राख्ने काम गरेकोमा पनि आक्रोश व्यक्त गरे ।
सरकारले नेवार समूदायको गुठीको जग्गालाई कब्जामा लिने प्रयास गरिरहेकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको बताउँदै उनले सरकारले गुठी विधेयक खारेज नगरेसम्म आफूहरुको आन्दोलन जारी राख्ने बताए ।













