गुडिरहेको गाडीको डिकीमा भेटियो शव

१९ फागुन ०७४, मोरङ । विराटनगरस्थित पोखरिया कन्या मार्गमा गुडिरहेको  बा १२ च ५९६३ नम्बरको स्कोरपियो गाडीको डिकी भित्र शव फेला पारेको छ ।

प्रहरी टोलीले शनिबार मोरङ विराटनगरस्थित पोखरिया कन्या मार्गमा टेकराज मल्लले चलाएको स्कोरपियो गाडीको डिकी भित्र शव फेला पारेको हो ।  प्रहरीले डिकी भित्र रहेको शव मोरङ उर्लाबारीका सनम शाक्यको भएको पुष्टि गरेको छ ।

शाक्यलाई सुन तस्करीको विषयमा लेनदेन नमिलेपछि सिरहाको अज्ञात स्थलमा लगेर कुटपिटपछि बन्धक बनाएर हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । शाक्य फागुन १५ गते अपहरणमा परेका थिए ।

महाशाखाले घटना अनुसन्धानको लागि डीएसपी प्रजित केसीको कमाण्डमा टोली खटाएको थियो ।

शाक्यको हत्या गरी गाडीको डिकी भित्र तौलिया, म्याट्रेस र त्रिपालले बेरी लुकाएको अवस्थामा प्रहरीले शव फेला पारेको जानकारी डीएसपी केसीले दिए ।

प्रहरीले घटनामा संलग्न काभ्रेका टेकराज मल्ल, मोरङ उर्लाबारीका कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको छ । उनीहरुलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ बुझाइएको छ ।

तपाइको मत