२९ असार ०७९, काठमाडौं । आज असार शुक्ल पूर्णिमा गुरूवर्गप्रति श्रद्धा-सम्मान गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
गुरु पूर्णिमाका अवसरमा आजका दिन विभिन्न विद्यालय, संघ–संस्थाहरूले विशेष कार्यक्रम गरी गुरूहरूप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् ।
‘गु’को अर्थ ‘अन्धकार’ र ‘रू’ अर्थ ‘प्रकाश’ भन्ने बुझिने र ज्ञानरूपी प्रकाशले अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको पाइन्छ ।
शास्त्रले जीवनमा ज्ञानको उज्यालो दिने गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रूपमा मानेको छ :
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर !
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम !!













