१७ फागुन ०७४, काठमाडौं । गुलरिया नपा-९, टेपरीका वडाध्यक्ष हरिप्रसाद पासीको नेतृत्वमा आएका समूहले स्थानीय एक महिलालाई कुटपीट गरी गम्भीर घाइते बनाएका छन् ।
बुधबार मध्यरातमा आफ्न्तीको विवाह घरबाट फर्किने क्रममा ४८ वर्षीया सैती थारुलाई पासीलगायत समूहले लछारपछार गर्दे कुटपीट गरेको थारुका छोरा सञ्जीवले बताए । कुटपीटबाट उनको छातीमा गम्भीर चोट लागेकोले जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।
प्रहरी नायव उपरीक्षक युवराज खड्काले घटनाका सम्बन्धमा छानबिन प्रक्रिया अघि बढाइएको बताए । घटनाको विरोधमा स्थानीय महिला वडाध्यक्ष पासीमाथि कडा कारबाहीको माग गर्दे जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् ।
घटनाका सम्बन्धमा वडाध्यक्ष पासीले आफूले हातपात नगरेको दाबी गरे ।
आरोपमा प्रहरी कार्यालयमा उजुरी दिइकी छिन् तर उजुरी दर्ता भएको छैन ।













