२४ साउन ०७६, तम्घास । गुल्मीमा जीप दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन् ।
शुक्रवार साँझ रिडीबाट तम्घासतर्फ आउदै गरेको लु २ च ५४७५ नम्बरको जीप गुल्मी दरवार गाउँपालिका ३ गौंडाकोटमा दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।
गम्भीर घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पा पठाइएको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए । जीप सडकबाट २ सय मिटर तल खसेको थियो ।













