हुमाकान्त पोखरेल
१६ कार्तिक ०७४, गुल्मी । आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि गुल्मीका सात राजनैतिक दल र स्वतन्त्र उमेदवारहरुले हर्षोउल्लासका साथ मनोनयन दर्ता गरेका छन ।
दोस्रो चरणको निर्वाचन अन्तर्गत मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि गुल्मीमा ३९ जनाको उम्मेदवारी परेको छ ।
प्रतिनिधिसभामा २ सिटको लागि १६ जना र प्रदेश सभामा ४ सिटको लागि २४ जनाको उम्मेदवारी परेको हो ।
जिल्लामा ७ दलको तर्फबाट ३१ जना र ९ जनाले स्वतन्त्र उम्मेदवारी समेत दिएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।
जसअन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ मा ६ जना र निर्वाचन क्षेत्र नम्बर २ मा ८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ मा ८ जना, ‘ख’ मा ६ जना, निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ मा ५ जना र ‘ख’ मा ५ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।
मनोनयन समयमा राजनीतिक दलहरु बीच हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यावस्था कडा राखिएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी साथै म्यादी प्रहरी मार्फत् मनोनयन दर्ता हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सुरक्षा घेराभित्र राखिएको एसपी अनुगकुमार द्ववेदीले बताए ।
गुल्मीका विभिन्न पार्टीहरुका उम्मेदवारहरुको सूची :
प्रतिनिधि सभा १
नेपाली कांग्रेस : चन्द्र भण्डारी
बाम गठबन्धनको तर्फबाट एमाले : प्रदीप ज्ञवाली
नयाँशक्ति नेपाल : तेज बहादुर थापा
जनमोर्चा : छविलाल सर्तुङ्गी
देशभक्त पार्टी : केशव अधिकारी
स्वतन्त्र : लक्ष्मण भण्डारी
प्रतिनिधि सभा १ प्रदेश ‘क’
कांग्रेस : पृथ बहादुर फौजदार
बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्र : सुर्दशन बराल
जनमोर्चा : ओम बहादुर कुवँर
नयाँशक्ति : सरोज गुरुङ्ग
राप्रपा प्रजातान्त्रिक : बसन्त बिक्रम पाण्डेय
स्वतन्त्र : रेशमराज न्यौपाने, बिष्णु घर्ति, कृष्ण बहादुर थापा
प्रतिनिधि सभा १ प्रदेश ‘ख’
कांग्रेस : धनेन्द्र कार्की
बाम गठबन्धनको तर्फबाट एमाले : कमलराज श्रेष्ठ
जनमोर्चा : टेक बहादुर खत्री
नयाँशक्ति : पदम बहादुर खत्री
स्वतन्त्र : अम्मर बहादुर कुवँर, चन्द्रकला पाण्डेय
प्रतिनिधि सभा २
कांग्रेस : चन्द्र केसी
बाम गठबन्धनको तर्फबाट एमाले : गोर्कण बिष्ट
नयाँ शक्ति : गणेश कुवँर
जनमोर्चा : रामेश्वर खत्री
मंगोल नेशनल अर्गनाइजेशन : पदम थापा
स्वतन्त्र : चुरामणि भण्डारी, गिता पाण्डेय (क), गिता पाण्डे (ख)
प्रतिनिधि सभा २ प्रदेश ‘क’
कांग्रेस : शालिकराम पन्थी
बाम गठबन्धनको तर्फबाट एमाले : खडग बहादुर खत्री
जनमोर्चा : हरिलाल न्यौपाने
नयाँशक्ति : घनश्याम पाण्डेय
स्वतन्त्र : धनिश्वर गौतम
प्रतिनिधि सभा २ प्रदेश ‘ख’
कांग्रेस : छन्द बहादुर पहराई
बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्र : दिनेश पन्थी
जनमोर्चा : धन बहादुर थापा क्षेत्री
नयाँशक्ति : धुव्र बहादुर कुवँर
मंगोल नेशनल अर्गनाइजेशन : कमल सिंजाली मगर