गुल्मीमै पहिलो पटक आधुनिक मेसिनद्धारा धान रोपाई

हुमाकान्त पोखरेल

२ साउन, गुल्मी । जिल्लामै पहिलो पटक आधुनिक मेसिनद्धारा धान रोपिएको छ । गुल्मीको धुर्कोट गाउँपालिका वार्ड नम्बर ४ जैसिथोकको साराखेतमा आधुनिक मेसिनद्धारा धान रोपिएको हो ।

राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोग र जनविकास केन्द्र गुल्मीद्धारा संचालित जलवायु परिवर्तन मैत्रि कृषि प्रविधि तथा उत्थान प्रर्बधन कार्यक्रम अन्तरगत आधुनिक मेसिनद्धारा धान रोपिएको हो ।

बढ्दो जलवायु परिवर्तनसँगै समयको बचत, कम लागत तथा सहजताको लागि आधुनिक मेसिनद्धारा धान मेसिनलाई प्रयोगमा ल्याइएको परियोजनाको कार्यक्रम संयोजक थानेश्वर भण्डारीले बताए ।

आधुनिक धान रोप्ने मेसिनको धुर्कोट गाउँपालिका वार्ड नम्बर ४ जैसिथोकका नवनिर्वाचित वडाध्यक्ष मान बहादुर कुँवरले उद्घाटन गरेका थिए । स्थानीय युवा कृषक तुल्सीराम कुँवरको खेतमा मेसिनको प्रयोग गरेर क्रमश हंसराज, खुमल ४, खुमल १०, सुख्खा ४, सुख्खा ६ र सुख्खा –३ गरी ६ जातका धान रोपिएको हो ।

मेसिनको प्रयोगले गरीब, दलित तथा पिछडिएको समुदायको आर्थिक विकासका सहयोग पुग्ने लक्ष्य राखिएको जनविकास केन्द्रका प्रमुख भुपाल पोखरेलले बताए ।

धान रोप्ने आधुनिक मेसिन चीनको युनानबाट ल्याइएको र यसले लाइन प्लन्टिङ्ग गरी एक घण्टामा एक रोपनी जग्गामा धान रोप्न सकिन्छ । जिल्लामै पहिलो पटक आफ्नो गाउँमा आधुनिक मेसिनद्धारा धान रोपार्ई भएपछि धुर्कोट गाउँपालिका वार्ड नम्बर ४ जैसिथोकका स्थानिय कृषक हर्षित भएका छन् ।

आफुहरु जस्ता अधिकाशं किसानहरुले अब काममा सहजता आउने विश्वास लिएको कृषक तुल्सीराम कुवरले बताए ।

स्थायिन गीता पोखरेलले पनि आधुनिक मेसिनले आफूहरुलाई काममा सजिलो हुनेमा आफू विश्वस्त भएको बताईन् । ‘सधै खेतमा हात दुखाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’ उनले भनिन्, ‘समय पनि बचत, खर्च पनि कम, मेसिन धेरै उपयोगी छ ।’

धान रोप्ने आधुनिक मेसिनले किसान मात्र होइन्, विद्यालयका शिक्षक पनि आफूले पढाउने शैलिमा परिवर्तन ल्याउने बताए । ‘किताबमा केवल सैद्धान्तिक कुराहरु मात्र पढाई हुन्छ ।’ पाञ्चायन माध्यमिक विद्यालयमा कृषि शिक्षा पढाउने शिक्षक अर्जुनप्रसाद खनालले भने ‘अब पढाउने शैलिमा पनि परिवर्तन गर्छौ ।’

वडाध्यक्ष मान बहादुर कुवंरले गाउँको विकास कृषीबाट मात्र सम्भव भएकाले आफुह?को प्रमुख कामनै कृषीमा आधुनिकीकरण भएको बताए । तीन बर्षसम्म कृषकहरुकै उन्नति र प्रगतिका लागि राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषबाट झण्डै ५० लाखको कार्यक्रम संचालन गरिने सस्थाले जनाएको छ ।

३० हजार मेट्रिक टन धान उत्पादन


गुल्मी जिल्लामा करिव ३० हजार मेट्रिक टन धान उत्पादन हुने बरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले बताए । गत बर्ष २७ हजार मेट्रिक टन उत्पादन भएको थियो । उनका अनुसार अहिले पानी पनि समयमै परेको साथै प्राविधिको ज्ञान पनि बढेकाले यस बर्ष उत्पादन बढ्ने बताए ।

कार्यालयले किसानहरुलाई अहिले बिभिन्न प्रकारका धानको विउ निशुल्क वितरण गरेको छ । ‘हाम्रो तर्फबाट कुनै कन्जुस्याँइ छैन,‘ उनले भने,‘ बिउ, प्रविधि र मल समेत समयमै वितरण भएकाले उत्पादन बढ्छ भन्ने अनुमान गरेका छौ ।’ कार्यालयले दिएको तथ्याङ्ग अनुसार गुल्मीमा नौ हजार नौ सय ९२ हेक्टर क्षेत्रफलमा बर्षे धान र चार सय ४० हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुने गरेको छ ।

जिल्लाको सबैभन्दा बढी धान उत्पादन हुने अरवेनी फाटँमा अहिलेसम्म ४० प्रतिशत रोपाई भएको बताइएको छ । यस्तै जिल्लाका अरवेनी, पूर्तिघाट, धनार्जी, खज्याङ्ग, अस्लेवा चौर, चौरासीफाटँ, जोहाङ्ग, मजुवा, सोता, वामी, शान्तिपुर जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने फाटाँहरु हुन । विहान उज्यालो भएदेखि साझँसम्म गुल्मेली किसानहरु स्थानीय तहको चुनाव सकेर रोपाईमा लागेका छन ।

तपाइको मत