गृहमन्त्रालयद्वारा म्यादी प्रहरीको मृत्यु घटनाको छानबिन गर्न समिति गठन

८ पुस ०७४,  काठमाडौं । गृहमन्त्रालयले कालिकोटमा प्रहरीको गोली लागी म्यादी प्रहरीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति बनाएको छ ।

गृहमन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाइएको हो । समितिमा नेपाल प्रहरीको डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रवीण श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ रहेका छन् ।

छानबिन समितिलाई घटनाबारे सात दिनभित्र सत्य-तथ्य बुझेर प्रतिवेदन तयार पार्ने जिम्मा  दिईएको छ ।

मन्त्रालयले मृतक म्यादी प्रहरीका परिवारलाई दस लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ। त्यस्तै उक्त घटनामा घाइते भएकाहरुलाई नि:शुल्क उपचार समेत गर्ने निर्णय गरेको छ ।

सेवासुविधा कम भएको भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरीमाथि कालिकोटको सदरमुकाममा प्रहरीले शुक्रबार गोली चलाउँदा म्यादी विवेक ऐडीको मृत्यु भएको थियो ।

 

तपाइको मत