गृहमन्त्री थापाद्वारा त्रिभुवन विमानस्थलमा छड्के

६ चैत्र ०७४, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले  छड्के जाँच गरेका छन् ।

मंगलबार दिउँसो थापा एक्कासी विमानस्थलमा पुगेर काम कारबाहीको बारेमा निरीक्षण गरेका हुन् । गृहमन्त्री थापा विमास्थल पुग्दा अध्यागम विमाग र अन्तर्राष्ट्रिय उडानतर्फको कक्षका अधिकांश कर्मचारी कार्य क्षेत्रमा थिएनन् ।

गृहमन्त्री थापाले एयरपोटबाट आउने र जाने नागरिकले दुःख नपाउन भन्ने उद्देश्यले एयरपोटमा छड्के जाँच गरेको बताउँदै प्रस्थान कक्षका १५ कर्मचारी मध्ये ४ जना मात्रै कार्यकक्षमा भेटिएकाले कार्यकक्षमा नभएका कर्मचारीलाई कारबाही हुने बताए ।

उनले विमानस्थलको कन्ट्रोल रुमको पनि अवलोकन गरेका थिए । थापाले आफूले गृह मन्त्रालयको मातहतमा पर्ने हरेक क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।

 

 

तपाइको मत