गृहमन्त्री निधि र बेलायतका राजदूत मरिसबीच भेटवार्ता

२२ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसबीच मंगलबार भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा मंगलबार दिउासो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचर्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

भेटमा राजदूत मरिसले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्वाचनका बिषयमा चासो व्यक्त गरेका थिए । त्यस अबसरमा गृहमन्त्री निधिले निर्वाचनको तयारीका बारेमा जानकारी गराउँदै निर्वाचनका लागि आबश्यक लजिस्टिक सहयोगका लागि आग्रह गरेका थिए ।

गृहमन्त्री निधिले बेलायत सरकारले लामो समयदेखि नेपालको विकास निमार्णमा गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।
भेटका अवसरमा राजदूत रिचर्डले आगामी दिनमा दुई देशबीच आपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गरे ।

 

तपाइको मत