गोदामचौर बलात्कार काण्डका तीनै अभियुक्तलाई १० वर्ष जेल सजाय

१७ फागुन ०७५, काठमाडौं । ललितपुर जिल्ला अदालतले गोदामचौरका सामूहिक बलात्कार घटनाका तीनै जनालाई दस वर्ष कैद सजाय तोकेको छ ।

२०७४ मंसिर ३ गते गोदावरी नगरपालिका–१ गोदामचौरमा भएको सामुहिक बलात्कारको घटनाका अभियुक्तहरु रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई दोषी ठहर गर्दै न्यायाधीश धनसिंह महराको एकल इजलासले शुक्रबार उक्त फैसला गरेको हो ।

सामुहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दामा १५ महिनापछि फैसला गर्दै तीनै जनालाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत १० वर्ष कैद र जनही १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला गरेको छ।

सामुहिक बलात्कारपछि उनीहरुले २१ वर्षीय युवतीलाई टाउकामा ढुगांले किचेर मरेको भनी फालेर हिडेका थिए तर भोलिपल्ट युवती बेहोस अवस्थामा तोरीबारीमा भेटिएकी थिइन् ।

तपाइको मत