२७ जेठ ०७४, रसुवा । काठमाडौंबाट गोसाइँकुण्डका लागि उडेको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा सामान्य क्षति भएको छ ।
मनाङ एयरको हेलिकप्टर गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ ।
छ जना यात्रु लिई उडान भरेकाे उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएर सामान्य क्षति भएको हाे ।
हेलिकप्टरमा सवार सबै यात्रु र चालक सकुशल रहेका छन् ।