१ मंसिर ०७४, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको कपनबाट २ वटा पेस्तोल र १० राउण्ड गोलीसहित गिरोहका सन्त थेवे र धनराज योङहाङलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुले गौचन घरबाट बाहिर निस्केको सूचना सुटरलाई दिनुका साथै हत्यामा प्रयोग गरिएको हतियार लुकाउन मद्दत गरेको प्रहरीको दाबी छ ।
असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानी हत्या गरेका थिए ।
आपराधिक समूहले सबै निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन दिएको धम्कीयुक्त आदेश नमानेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
हत्याका मुख्य योजनाकार भनिएकाहरु भने अझै फरार छन् ।













