गौशालामा गाईको सामूहिक रुपमा पूजा अर्चना

२ कार्तिक ०७४, गुल्मी । तिहारको तेस्रो दिन ‘यमपञ्चक’ औँसीको अवसर पारेर रेसुङ्गा संरक्षण समितिको आयोजनामा गौशालामा गाईको सामूहिक रुपमा पूजा अर्चना गरिएको छ ।

जिल्लाको सदमरमुकाम तम्घाससँगै बिभिन्न स्थानबाट गाईको पूजा गर्नेहरुको बिहानैदेखि भिड लागेको छ ।

गौशालमा रहेका गाईलाई पूजा गर्नुका साथै नुन, तेल, रोटी, चामलको पिठो लगायत खुवाएका थिए । हिन्दु धर्ममा गाईको पूजा गर्नाले  स्वर्गको वास हुने मान्यता रहेको छ ।

गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गासँगै रहेको गौशालामा २०४२ सालदेखि गाईहरु पालिदै आएको छ ।

तपाइको मत