१४ जेठ ०७६, काठमाडौं । वीरगञ्जमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
बीरगञ्जको बाइपास रोडमा घरको जग खन्दै गर्दा खसेको माटोको ढिस्कोले पुरिदा बिश्रामपुर गाउँपालिका इटियाही बस्ने ५० वर्षका दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका–४ बस्ने ५० बर्षका जवाहिर रामको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ३ जनालाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि दुई जनाको मृत्यु भएको थियो भने सामन्य घाइते भएका ४५ वषीय राजेन्द्र रामको गण्डक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं १४ स्थित राजाराम जलानको निर्माणाधीन घरको जग खन्ने क्रममा माथिबाट माटो खसेर उनीहरु पुरिएका थिए । मृतकको परिवारलाई ठेकदारले ६ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको प्रहरीले जनाएको छ ।













