घुम्थाङको पहिरोमा पुरिएका ९ जनाको शव भेटियो, ३ जनाको मात्र सनाखत

२८ भदौ ०७७, सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसे ७ घुम्थाङको पहिरोमा पुरिएका ९ जनाको शव भेटिएको छ भने अझै २३ जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले गएराति गएको पहिरोमा पुरिएका ९ जनाको शव भेटिएको र ती मध्ये ३ जनाको मात्र सनाखत भएको जानकारी दिएको छ ।

प्रहरीले सनाखत हुनेहरुमा नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ र विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीया सर्किनी प्रधान रहेको बताएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरोस्थल पुगेका छन् ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिरो पीडितको उद्दार, राहत र सुरक्षित स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेका छन् ।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरू उद्दार कार्यमा खटिएको प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।