घुस लिदाँलिदै सर्भेक्षक पक्राउ

१८ कार्तिक ०७५, सप्तरी । अख्तियारको टोलीले सप्तरीको कञ्चनरुप नगरपालिकाकास्थित नापी कार्यालयका एक सर्भेक्षकलाई घुस लिदा लिदै पक्राउ गरेको छ ।

नापी कार्यालय कञ्चनपुरमा सर्भेक्षक पदमा कार्यरत दिपेन्द्र यादवलाई अख्तियार अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिदा लिदै पक्राउ गरेको हो ।

एक सेवाग्राहीबाट जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यका लागि १० हजार लिइरहेको सूचना तथा उजुरीको आधारमा अख्तियारको इटहरीस्थित कार्यालबाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको जनाईएको छ । यता घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय इटहरीले जनाएको छ ।

तपाइको मत