२२ जेठ ०७५, सर्लाही । ईश्वरपुर नगरपालिका १२ घारी बथानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।
मंगलबार साँझ साँढे ६ बजेतिर घरमा बसिरहेका बेला चट्याङ लागेर ४० वर्षीया जोखुमाया वाइवाको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर मृतककी छोरी ७ वर्षीया पुनु वाइवा, छिमेकी ७० वर्षीया शान्तामाया क्यापछाकी र १० वर्षका सरोज विक घाइते भएका हुन् ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी राजेश थापाका अनुसार उनीहरुलाई लालबन्दीमा सामान्य उपचार गराई विरगञ्ज रेफर गरिएको छ ।













