६ असोज ०८०, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत निर्वाचित भएका छन् ।
आज शनिबार भएको निर्वाचनबाट यसअघि पनि अध्यक्ष रहेका चन्द सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।
यस्तै क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का पनि निर्विरोध चयन भएका छन् ।
यसैगरी कार्यसमितिको सचिव पदमा पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, महिला सदस्यमा जयन्तीदेवि भट्ट, कर्णालीमा श्रीधर केसी र लुम्बिनी प्रदेशमा प्रदिप मजगैया निर्विरोध भएका छन् ।
चुनाव हुने १७ पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने निर्वाचन समितिले आजै मतदान गर्ने तयारी गरेको छ ।