चन्द्रनहरको बाँध फुट्यो : सयौं बिगहा धानबाली नष्ट

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित चन्द्रनहर फुटेपछि किसानहरुले लगाएको सयौं बिगहा धानबाली नष्ट भएको छ ।

नेपालकै एतिहासिक पुरानो चन्द्र नहर भत्किँदा करिब ५ बिघा जमिन जलमग्न हुँदा धानबाली बालुवाले पुरिएर नष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् ।

करिब १० देखि १५ मिटरसम्म फुटेको सो नहरको पानीले त्यहाँ लगाइएको १० बिघाको धान खेत अहिले डुवानमा परेको स्थानीय पत्रकार डम्वर राईले बताएका छन् ।

उनका अनुसार नहरमा धेरै पानी खोलिएका कारण पानीको बहाव बढेर नहरको पानीले धानबालीमा पूर्णरुपमा क्षति भएको बताइएको छ ।

गत दुई वर्ष अघि पनि चन्द्रनहर दुई ठाउँमा फुटेर सयौं बिघा धान खेती नष्ट भएको थियो । मुलुककै ऐतिहासिक पुरानो चन्द्र नहर वर्षौदेखि जिर्ण भएकै कारण सो कमाण्ड एरियाका सयौं बिगहा खेती योग्य जमिन समेत सिंचाईको अभावमा बाँझै रहेको छ ।

तपाइको मत