९ चैत्र ०७५, काठमाडौं । नेत्रविक्रम चन्द समूहका मध्य क्षेत्रीय कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओली पक्राउ परेका छन् ।
प्रहरीले इन्चार्ज ओलीसहित ८ जनालाई काभ्रेको खानीखोला गाँउपालिका–७ क्षेत्रबाट शुक्रबार राति नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई विकट डाँडापारी क्षेत्रमा बसेर गतिविधि, बैठक सञ्चालन गरिरहेको सूचनाको आधारमा काभ्रे प्रहरीले अनुसन्धान गरिरहेको थियो । सादा पोशाकमा खटिएका प्रहरीको टोलीले उनीहरुलाई फापरबारीतर्फ जाने क्रममा वडा नम्बर ७ को बोरनवेशीबाट पक्राउ गरेको हो ।













