चलचित्र, सिनेमा वा फिल्म एक प्रकारको सञ्चार माध्यम हो जसमा चल्ने चित्र र आवाजको प्रयोग गरेर कथालाई प्रस्तुत गरिन्छ। संसारभरका मानिसहरू मनोरञ्जनका लागि चलचित्र हेर्दछन्। धेरैजसो चलचित्रहरू यसरी बनाइन्छ कि ठुला पर्दा भएका सिनेमाघर वा चलचित्र भवनमा देखाउन सकियोस।
१९औं शताब्दीबाट नै ग्रीक चलचित्रको निर्माणका लागि विभिन्न अनुसन्धान भएतापनि चलचित्रको शुरुवात सन् १९९५मा फ्रान्सबाट भएको हो। जसको निर्माण अगष्ट लुमिएर र लुई लुमिएर नाम गरेका दुई फ्रान्सेलीदाजुभाईहरूले गरेका थिए।[१] सन् १८२४मा पिट् मार्क रोगटले फोटोहरूलाई नै छिटो–छिटो घुमायो भने वास्तवमै चलिरहेको (मूभ) भ्रम दिन सक्छ भन्ने धारणा राखेपछि चलचित्रको बारे सोच्न र काम गर्न थालियो। सन् १८९५मा यसै सिद्धान्तमा आधारित रहेर लुमियर दाजुभाइले एउटा कारखानाको तस्वीरहरू खिचेर मूभिङ इमेजका रूपमा प्रस्तुत गरे। शुरूका यस्ता चलचित्रमा ध्वनि हुँदैन थियो ।[२] and its sexist treatment of women.[३][४] १९२७मा बनेको द ज्याज् सिंगर ध्वनिसहितको पहिलो चलचित्र हुन पुग्यो। त्यसअघि नै सन् १९१३मा भारतमा दादा साहेब फाल्केले राजा हरिश्चन्द्र नामक अमूक(ध्वनि नभएको) चलचित्र बनाएर एसियामा सिनेमा सम्बन्धी उत्सुकता बढाइसकेका थिए।
नेपाली भाषामा वि सं २००६मा मात्रै चलचित्र बने पनि , नेपाली लाई चलचित्रको परिचय गराउने श्रेय तत्कालिन प्रधान मन्त्रि देव शमसेर लाई जान्छ । वि सं १९५८ तिर नै टुडिखेलमा उन्ले तमासाको रूपमा ‘मुभी’ देखाउन लगाएका प्रमाणहरू देखिन्छ । यसको विग्यापन गोर्खापत्रको पहिलो अंकमा देख्न पाईन्छ ।
नेपाली चलचित्रको इतिहास
भारतमा ‘राजा हरिश्चन्द्र’ बनेको ३७ वर्षपछि सन् १९५०मा डीबी परियारले त्यही धार्मिक कथामा नेपाली भाषाको चलचित्र ‘सत्य हरिश्चन्द्र’ बनाए। कलकत्तामा त्यो चलचित्र बनाउन उनलाई सघाउनेमा ठाकुरप्रसाद, पीके बनर्जी र हरिप्रसाद मुखर्जी थिए। यसको सफलताबाट उत्साही परियारले सन् १९५१मा ‘नेपाली फिल्म कम्पनी’ खोलेर पाँच वटा फिल्मका लागि आवश्यक लगानीकर्ता खोजेका थिए। यसका लागि परियारको कम्पनीले प्रभात साहित्यिक मासिकको १९५१ मार्च अङ्कमा ‘नयाँ युगको सबभन्दा ठूलो खबर, नेपाली जनताले गर्व गर्नुपर्ने कुरा’ भन्दै विज्ञापन छापेको थियो।
नेपालमा पहिलोपटक निर्मित चलचित्रको आमाको प्रदर्शन विक्रम संवत २०२२ सालको असोजमा भयो।तर सरकारी लगानीमा निर्मित यो चलचित्र निर्माण हुनु अगावै विक्रम संवत २०१८ सालमा निजि लगानीमा निर्माण थालिएको चलचित्र माइतीघर भने आमा भन्दा पछाडी मात्र सार्वजनिक भयो।
नेपाली चलचित्रले चार दशक भन्दा लामो इतिहास बनाईसकेको छ।धेरै संख्याका दर्शकको भने थुप्रै कारणले मन जित्न सकेको छैन्। नेपाली चलचित्र सम्बन्धि जानाकारी प्राप्त गर्न सहज छैन। विश्व सन्जाल बनेकोइन्टरनेटमा पनि यस्ता सामाग्रीको उपस्थिति न्यून छ तर हाल आएर केही वेबसाइटहरूले यसको अभाव खड्किन नदिने कोसिस गरेका छन्। सिनेकर्मीको इन्टरनेटमा कम पहुच र रुचिका कारण यसले अझै व्यवसायिक रूप लिन सकेको छैन । साभार : नेपाली विकिपीडियाबाट ।