२१ फागुन ०७५, काठमाडौं । संसदीय समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ ।
मंगलबार बसेको समितिको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
संवैधानिक परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्वसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग, डा विजयकुमार दत्तलाई मधेसी आयोग र विष्णुप्रसाद चौधरीलाई थारु आयोगको अध्यक्षका लागि अनुमोदन गरेको हो ।
समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।













