३१ साउन ०७४, काठमाडौं । उपप्रधानमन्त्री विजय गच्छदार र चिनियाँ उपप्रधानमन्त्री वाङ याङबीच होटल सोल्टीमा मंगलबार अपरान्ह द्विपक्षीय औपचारिक वार्ता हुँदैछ ।
चिनियाँ उपप्रधानमन्त्रीको सम्मानमा उपप्रधानमन्त्री गच्छदारले दिवाभोज दिने कार्यक्रम छ ।
मंगलबारै याङले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग होटल सोल्टीमा भेट्ने छन् ।
बुधबार बिहानदेखि कीर्तिपुरस्थित नेसनल आयुर्वेदिक रिसर्च सेन्टर भ्रमण, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार अपरान्ह शिष्टाचार भेटवार्ता तय भएको छ । चिनियाँ उपप्रधानमन्त्रीलाई बिहीबार बिहान ८ः३० बजे परराष्ट्रसचिव शंकरदास बैरागीले विमास्थलमा बिदाइ गर्ने छन् ।