३ मंसिर ०७४, काठमाडौं । दुई जना चिनियाँ नागरिक १० थान अवैध मूर्तिसहित पक्राउ परेका छन् ।
त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा होल ब्यागेज स्क्रिनिङका क्रममा उनीहरुको साथमा रहेको कालो रंगको झोलामा मूर्तिहरु फेला परेको हो । पक्राउ पर्नेमा जिन ज्याओछेङ र वाङ छेनछुङ छन् ।
उनीहरु चाइना इस्टर्न एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चिनको कुमिङ जान लागेका थिए ।
उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













