चिसोले मध्य तराईको जनजीवन प्रभावित, ५ दिनका लागि विद्यालय बन्द

१८ पुस ०७४, बारा । केही दिनयताबाट बढेको चिसोले मध्य तराईको जनजीवन प्रभावित भएको छ ।

खासगरी मध्यान्हसम्म पनि हुस्सु लाग्ने भएकाले मध्य तराईको बारा, पर्सादेखि बाँकेको नेपालगञ्जसम्मका  बिभिन्न ठाउँहरुमा चिसो बढेको हो ।

सर्वसाधारण चिसोबाट बढी प्रभावित भएका छन् भने विद्यार्थीहरुलाई पठनपाठनमा कठिनाइ भएकाले सोमबारबाट पुष २१ गतेसम्म पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ ।

यसैबीच शीतलहरका कारण अत्यधिक जाडो बढेपछि शिक्षा समितिको बैठकले बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु साहले जानकारी दिए ।

 

तपाइको मत