चीनको प्रभाव रोक्न अमेरिकी सेना दक्षिणी चीन सागरमा !

४ चैत, काठमाडौं । अमेरिकी रक्षा सचिव ऐश कार्टरले कार्टरले शुक्रबार चीनले आफ्नो भनेर दाबी गर्दै आएको दक्षिणी चीन सागरमा न्यूक्लियर हतियार बोकेको विमानबाट यात्रा गरेका छन् । उनले आफ्नो यात्राबाटै उक्त सागरमा चीनको प्रभाव रोक्न अमेरिकी सेना उत्रिएको घोषणा पनि गरेका छन् ।

वेब तस्बिर

वेब तस्बिर

भारतीय पत्रिका नवभारत टाइम्सका अनुसार पछिल्लो समय महासागरमा चीनले धमाधम टापुहरु कब्जा गरिरहेको छ, जसबाट चिन्तित बनेको अमेरिकाले फिलिपिन्स र भारतको सहयोग लिएर चीनविरुद्ध दक्षिण चीन सागरमा आफ्नो सैन्य बललाई बढाउन लागि सम्झौता भएको खुलासा पनि अमेरिकी रक्षा सचिव कार्टरले गरेका छन् ।

साथै, अमेरिकाले चीनलाई रोक्न आफू सक्षम रहेको सन्देश दिन सुरुमा जलसेनालाई फिलिपिनो सेनासँगै गस्तीमा उतारेर आफ्नो वायुसेनालाई पनि दक्षिण चीन सागरमा उतार्ने तयारी गरेको समाचारमा उल्लेख छ ।

चीनले आफ्नो भनेर दाबी गर्दै आएको सामरिक महत्वको ‘दक्षिण चीन सागर’माथि जापान, फिलिपिन्स र भारतले पनि दाबी गर्दै आइरहेका बेला अमेरिकाले पछिल्लो पटक यो कदम चालेको हो ।

 भएको

तपाइको मत