चीनमा ७ रेक्टरस्केलको भूकम्प, कम्तिमा १३ जनाको मृत्यु

२५ साउन ०७४, बेइजिङ । चीनमा  ७ रेक्टरस्केलको भूकम्पको धक्का महशुस भएको छ । उक्त शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तिमा १३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

सिचुआन र गान्सु सीमा क्षेत्रमा मंगलबार साँझ गएको भूकम्पमा अन्य १ सय ७५ जना घाइते भएका छन् ।

सिचुआन प्रान्तको जिउचेइगउ काउन्टीको आकस्मिक सेवा कार्यालयका अनुसार सात रेक्टरस्केलको धक्का महशुस भएको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा रहेका ३१ हजार पाँच सय पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय प्रशासनहरुले मुन उपत्यकाका चाङ्चा सहर, सेराटन रिसोर्टलगायतमा आकस्मिक सेल्टर खडा गरेका छन् ।

हालसम्म ७ सय ७० भन्दा बढी पराकम्पन महशुस भएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति सी जिनपिङले तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएका छन् ।

तपाइको मत