१५ असोज, एजेन्सी । भारत र पाकिस्तानबीच विवाद चर्कदै गर्दा चीनले जलविद्युत परियोजना र सिंचाईमा समेत प्रयोग गर्नका निम्ति ब्रह्मपुत्र नदीको पानी बाँध बनाएर रोक्ने निर्णय गरेसँगै भारत र बंगलादेशमा पानीको हाहाकार हुने देखिएको छ ।
चीनले बाँध बनाएर भारतको अरुणाञ्चल प्रदेश र असम हुँदै बंगलादेशसम्म पुग्ने ब्रह्मपुत्र नदीको पानी रोकेमा बंगलादेश र भारतका लाखौं मानिसको पानीको स्रोत बन्द हुनेछ ।
शनिबार चीनको सरकारी समाचार एजेन्सीले सन् २०१४ देखि सुरु भएको चीनकै सबैभन्दा महँगो यो परियोजना सन् २०१९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सार्वजनिक गरेको छ ।
परियोजनाका प्रशासनिक ब्युरोका प्रमुख झाङ युन्बोले तिब्बतको सिगात्सेमा यारलुङ झाङ्बो (ब्रह्मपुत्र को तिब्बती नाम) को सहायक नदी सियाबुकुमा निर्माण भइरहेको लाल्हो परियोजनामा ४.९५ अर्ब (७४ करोड अमेरिकी डलर) लगानी गरिएको जानकारी दिए ।
ब्रह्मपुत्र नदी सिगात्से हुँदै अरुणाचल आइपुग्छ । सर्वाधिक महँगो परियोजना भनिएको लाल्होको निर्माण सन् २०१४ को जुनमा भएको थियो । यो परियोजना सन् २०१९ मा पूरा हुने लक्ष्य राखिएको छ । यो परियोजनाको योजनाले भारतमा चिन्ता बढेको छ ।
चीनबाट बग्ने ब्रह्मपुत्र नदी भारतको अरुणाचल प्रदेश र असम हुँदै बंगलादेशसम्म पुग्छ । यो जलविद्युत् परियोजना चीनको सबैभन्दा महँगो परियोजना हो । भारतीय सञ्चार माध्ययमले चीनले ब्रह्मपुत्र नदीमा बाँध बनाएर रोक्ने निर्णय गरेको खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।