७ पुस, काठमाडौं ।
परराष्ट्रमन्त्री कमल थापाले बुधबारबाट हुने आफ्नो चीन भ्रमणले चीन र नेपाल दुबै मुलुकलाई फाईदा हुने गरी आर्थिक खाकाको सैद्धान्तिक आधार बनाउने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले दुई देशबीचको आर्थिक साझेदारीको दीर्घकालीन फ्रेमवर्क बनाउने बताएका हुन् ।
परराष्ट्रमन्त्री थापाले चीनसँग आर्थिक, ब्यापारिक सम्बन्ध सुदृढीकरण, लगानी र पर्यटन अभिवृद्धि गर्ने, चिनियाँ सहयोगमा सञ्चालित आयोजनाको निरन्तरता, थप पूर्वाधार विकासको विषयमा छलफल हुने बताए । साथै, उनले चीनबाट ईन्धन आपूर्ति व्यापारिक ढङ्गले अघि बढाउनमा रहेका कठिनाईहरुलाई समेत भ्रमणको क्रममा हटाउने बताए ।