२७ कार्तिक ०७४, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको बताएका छन् ।
चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियान र घरदैलो कार्यक्रममा सक्रिय प्रचण्डले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको बताएका हुन् । पत्रकारसँगको संक्षिप्त कुराकानीमा उनले चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताए ।
प्रचण्डले दश वर्ष युद्वमा, १० वर्ष शान्ति प्रक्रियामा लागेको बताउँदै अबको दश वर्षआ र्थिक विकास निर्माणमा केन्द्रीत हुने बताए । उनले विकासका दृष्टिले चितवनवासीले आफूलाई चाहेकोले चितवनको विकासका लागि छिट्टै नै आफ्नो योजना सार्वजनिक गर्ने बताए ।
चितवन ३ का प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहेका दाहालले कांग्रेसले आफ्नो उम्मेदवार नउठाई राजनीतिभन्दा बाहिरको मान्छे चुनावी मैदानमा भएकाले आफ्नो कोही प्रतिष्पर्धी नभएको बताउँदै कांग्रेसका मान्छेहरुले पनि आफूलाई मतदान गर्ने वचनवद्वता गरेको बताए ।
उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै कांग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिए ।













