चुनाव बिथोल्ने निर्णय सार्वजनिक भएपछि मधेशमा राजपा कार्यकर्ताकाे अशाेभनीय गतिविधि सुरु

२८ जेठ ०७४, सप्तरी । राष्ट्रिय जनता पार्टी नेपालले आइतबार चुनाव बिथोल्ने निर्णय सार्वजनिक गरेलगत्तै २ नम्बर प्रदेशका केही जिल्लामा राजपा कार्यकर्ताले अशाेभनीय गतिविधिहरु सुरु गरेका छन् ।

नेकपा एमालेको चुनाव कार्यक्रम राजपाका कार्यकर्ताले विथोलेका छन् ।

सप्तरीको राजविराजस्थित साह धर्मशालामा राखिएको एमालेको कार्यक्रम राजपा कार्यकर्ताले विथोलेका हुन् ।

एमालेको कार्यक्रम भइरहेको धर्मशालामा प्रवेश गरी एक्कसी तोडफोडमा उत्रिएका राजपा कार्यकर्ताले एमालेले चुनावी प्रचारका लागि राखेको झण्डा, पर्चा–पम्प्लेट तथा निर्वाचन चिन्हअंकित टिसर्टहरुसमेत जलाइदिएका छन्

यसैगरी राजपाका कार्यकर्ताले आइतबार नै जनकपुरमा नेपाली कांग्रेसको झण्डा जलाएका छन् ।

यस्तै सर्लाहीमा पनि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने सभामा राजापाका कार्यकर्ताले अवरोध पुर्‍याउन खोज्दा प्रहरीसँग केहीबेर झडप भएको छ ।

त्यहाँ राजपा कार्यकर्ताले उपेन्द्र यादवको पुत्लासमेत दहन गरेका छन् ।

उता आइतबार नै सप्तरी पुगेका प्रमुख निर्वाचन आयुक्तले समेत राजपा नेपालकाे कालो झण्डाको सामना गरे ।

तपाइको मत